काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपिएल० को विजेतलो एक करोड ११ लाख पाउने भएको छ।
नेपाल क्रिकेट संघ ९क्यान०ले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ। तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन्।
यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्। शनिबार सुरु भएको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल भईरहेको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो। त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन्। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो।
उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए। ८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।