काठमाडौं– बिश्वजगतमा हरेक दिन प्रबिधिले फड्को मारीरहदा नेपालमा पनि घर सम्बन्धी सम्पूर्ण किसिमको सेवा दिने मोबाइल एप्लिकेशन सेवा एपले बिगत २ बर्ष देखि सेवा दिइरहेको छ।
जसमा एउटा घरधनीलाई आवश्यक हुने सबै किसिमका सुबिधाहरुः घरभाडा सम्झौता , घरभाडा डायरी देखि धारा बिजुली बनाउने कामदार र त्यस्ता कामको सुपरिवेक्षणका लागि प्राबिधिक इन्जिनियर सम्म बोलाउन सकिने फिचरहरु छन्।
यस एपले बिशेषत काठमाण्डौँ भ्याली भित्र सेवा दिइरहेको छ तथापी देशका मुख्य शहरहरु पोेखरा, चितवन, इटहरी, बुटवलबाट पनि यसको माग बढ्दो रहेको संस्थापक प्रशान्त प्रधान बताउछन्।
संस्थापकका अनुसार हाल यो एपमा १३ हजार ग्राहक र २ हजार प्राबिधिकहरु जोडिएका छन् तथापी प्राय ग्राहकहरु एपबाट भन्दा पनि सिधै सम्पर्क गरेर सेवालिन चाहन्छन् यो अवस्था हेर्दा बिशेषत घरधनी उमेरका समुह प्रबिधिमैत्री नभैसकेको भान हुन्छ।
सेवा एपका सामाजिक संजालहरुबाटै घरसम्बन्धी कन्टेटहरु समेत प्रदान गरिने हुदाँ अहिले सेवा एपलाई सेवा दिएर भ्याइनभ्याइ नै छ।
सेवा एपलाइ बिशेषत मोडुलर किचेन, नयाँ कोठा निर्माण, स्काइ लाइट, बाथरुम निर्माण तथा नबिकरण जस्तो सेवाहरुका लागि ग्राहकहरु बढी सम्झनछन्। तुलनात्मक रुपमा कम र निश्चित मूल्य, काम समापन पछिको वारेन्टी, सुपरिवेक्षण सहितको सेवा र इन्जिनियरिङ र आर्किटेक्ट सहितको सेवाका कारण पनि यस कम्पनिमा ग्राहकहरु आकर्षित देखिन्छन। यस्ता सेवाहरु प्रदान गर्नका लागि यस कम्पनीले आफैले तालिमयुक्त र नयाँलाई समेत तालिम दिइ फुलटाइम स्टाफको रुपमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।