काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर उम्मेदवारलाई समर्थन नजनाउने भएको छ।
स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका कुनै एकलाई समर्थन गर्ने रास्वपाको तयारी थियो। घोषित रुपमा कुनै पनि उम्मेदवारलाई सघाउने कार्य नहुने रास्वपाका उच्च तहका नेताले जानकारी दिए।
उनले भने,‘योग्य, सक्षम व्यक्तिलाई मत दिन आग्रह गर्छौ। पार्टीले कुनै उम्मेदवारको पक्ष लिएर सघाउने निर्णय लिदैन।’
दल र स्वतन्त्र गरी कीर्तिपुरमा २० उम्मेदवार छन्। उम्मेदवारी मनोनयन पछि दुईजनाले अर्कोलाई समर्थन गर्ने निर्णय लिएका छन्। एकीकृत समाजवादीका भानु रिजालले माओवादीलाई र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले राजमान मानवलाई सघाउने निर्णय लिएका छन्।
कीर्तिपुर नगर सभापति जयराम कार्कीको एकल सिफारिस भएपनि रास्वपाले उम्मेदवार उठाएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।