काठमाडौं– यु–२० महिला साफ च्याम्पियनसिप बंगलादेशले आयोजना गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको बैठकले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई अर्को संस्करण आयोजना गर्द दिने निर्णाय गरेको हो।
गत वर्ष बंगलादेशले नै यो प्रतियोगिता आयोजना गरेको थियो। फाइनलमा नेपाललाई ३–० ले पराजित गर्दै बंगलादेशले नै उपाधि हात पारेको थियो। यो उमेर समूहमा दोस्रोपल्ट प्रतियोगिता हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।