लुम्बिनी– नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको छ।
आफ्नै क्षेत्र लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले जर्सी सार्वजनिक गरेको हो।
क्बका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर नायक राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे।
जर्सी सार्वजनिक कार्यक्रममा लुम्बिनीका मार्की प्लेअर रोहितकुमार पौडेलदेखि अन्य खेलाडीहरु पनि सहभागी थिए।
जर्सीको निलो रङ्गले सम्पूर्ण नेपालको शान्ती र समृद्धिको भावना बोकेको लुम्बिनी लायन्सले जनाएको छ। सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गर्छ भने सिंहको रंग पानी सुनौलो रंग नै हुने भएकोले सुनमा सुनौलो छाएको क्लबले जनाएको छ।
यस्तै जर्सी सार्वजनिक गरेपछि र्याली कार्यक्रम समेत आयोजना गरिएको छ।
क्यानको आयोजनामा हुने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ। यसमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।