काठमाडौं– यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्वालिफायरमा नेपालले थाइल्यान्डमाथि कीर्तिमानी जित निकालेको छ।
आइतबार द सेभेन स्टेडियममा भएको खेलमा नेपालले १०६ सय रनको फराकिलो जित हो। चार खेल खेलेको नेपालको यो तेस्रो जित हो।
१४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रन बनाउँदै अलआउट भएर रनमै समेटियो। थाइल्यान्डलाई सस्तैमा समेट्नका लागि नेपालका कुसुम गोदारले तीन दुई विकेट लिँदा रिया शर्मा र रचना कुमारी चौधरीले २/२ विकेट लिए।
थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
नेपालका लागि ओपनर साना प्रविणले अर्धशतकीय इनिङ्स खेलिन्। साना र सावित्री धामीबीच कीर्तिमानी साझेदारीसमेत भएको छ। पहिलो विकेटका लागि उनीहरुबीच ८८ रनको साझेदारी भएको हो। यो साझेदारी एसिया क्वालिफायरमा यो उमेर समूहमा तेस्रो ठूलो साझेदारीसमेत हो।
सानाले ४६ बलमा सात चौकाको सहयोगमा ५३ रन जोड्दा अर्की ओपनर सावित्री धामीले ३६ बलमा २८ रन बनाइन्। यस्तै सोनी पाख्रिनले १९ रन बनाउँदा त्रिल्सना विश्वकर्माले ९ रन बनाइन्। १२ रन नेपालले एक्स्ट्राका रुपमा पाएको हो।
नेपालको यो चार खेलमा तेस्रो जित हो। एक खेल भने यूएईसँग हार व्यहोरेको छ। अंक तालिकामा नेपाल ६ अंकसहित दोस्रो नम्बरमा रहेको छ। अब नेपालले कुवेत र कतारसँग एक/एक खेल बाँकी रहेको छ। यूएई ८ अंकसहित पहिलो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।