काठमाडौं– आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघ(क्यान)ले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै सर्वोच्च अदालत पुगेका आमिर अख्तरको पक्षमा अन्तरिम आदेश पाएनन्।
उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको थियो।
फुयाँलले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन्। उनले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि नेपाल क्रिकेट संघले सहमति गरेर दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गरेका थिए।
उनले यसअघि आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई आमिर अख्तरको चेतावनी दिएका थिए । तर क्यानले आफ्नै तरिकाले एनपिएलको तयारी अघि बढाएको थियो। प्रतियोगिता आगामी मङ्सिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।