चितवन – नारायणगढ-मुग्लिन सडक खण्डमा इलेक्ट्रिक हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ३ बजे भरतपुर महानगर २९, मा पर्ने सत्रकिलोमा मुग्लिन तर्फबाट नारायणगढतिर आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को ई.भि. हाइस र नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठक्कर खाएको थियो ।
घटनामा गम्भीर भएका चार जनाको मृत्यु भएको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरूमा हायसमा यात्रा गरेका गोर्खा आरुघाट १ मान्बु बस्ने ४२ वर्षका राज बहादुर गुरुङ हाईस चालक हाल नाम थर वतन नखुलेको वर्ष ४५ को पुरुष, हाईसमा सवार नामथर वतन नखुलेकी अन्दाजी ४० जतिकी महिला र हाईसमा सवार नामथर नखुलेको अन्दाजी ३२ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ।
उनीहरूको गम्भीर अवस्थामा उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।