डोटी– सुजङ्ग अस्पताल राजपुर डोटीमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको अस्पतालको उपचार क्रममा मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिएर उपचारको लागि सुजङ्ग अस्पताल राजपुर डोटीमा ल्याएर सामान्य उपचार पश्चात् बुधबार साँझ अप्रेसन गर्नका लागि अप्रेसन थ्रेटरमा राखी बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको आशंकामा ती चिकित्कहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
चिकित्सकहरू डा राजमणि यादव, डा सुरेन्द्र कुमार चौधरी र डा अभिषेक यादव प्रहरी नियन्त्रणमा लिएको हो।
उपचारमा संलग्न चिकित्सकले कमजोरी गरेको आरोपमा उनीहरुलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। बालिकाको उपचारका क्रममा मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले पुष्टि गरे।
चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको मृतकका बुजा लोकेन्द्र भुलले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।