पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले तेस्रो पटक म्याद थप गर्दै रविलाई १० दिन थुनामा राख्न आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अदालतसँग अनुमति मागेको थियो।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो। अदालतले पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो। म्याद कात्तिक १४ गते सकिए पनि तिहार बिदा भएकाले आज म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको हो।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।