काठमाडौं– नेपाली टिमका प्रमुख फास्ट बलर करण केसीले आज हुने स्कटल्यान्डविरुद्ध म्याचमा खेल्न नसक्ने भएका छन्।
उनलाई अमेरिकासँगको अघिल्लो खेलमा चोट लागेको थियो। क्यानका अनुसार करणसँगै ब्याट्सम्यान भीम सार्की पनि चोटका कारण स्क्वाडबाट बाहिरिएका छन्।
करण र भीमको स्थानमा देव खनाल र सागर ढकाललाई समावेश गरिएको छ। उनीहरु दुवै रिजर्भ खेलाडीको रुपमा थिए।
करणले अमेरिकासँगको खेलमा १.४ ओभरमा मात्रै बलिङ गर्न सकेका थिए। त्यसपछि उनी मैदानबाटै बाहिरिनु परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।