काठमाडौं– हङकङ सिक्सेस क्रिकेटमा नेपाल नेपाल एक खेल अघि नै क्वार्टरफाइनल प्रवेश गरेको छ।
समूह बी अन्तर्गत देफमा अष्ट्रेलियाले इंगल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपालले समूहको अन्तिम खेलअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १ विकेट गुमाएर १४७ रन बनाएको थियो। १४८ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ११३ रन मात्र बनाउन सक्यो।
पहिलो खेलमा नेपालले इंगल्याण्डलाई १० विकेटले पराजित गरेको थियो।
इंगल्याण्ड लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ। नेपालसँग अष्ट्रेलियाले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ।
अब नेपाल र अष्ट्रेलियाबीच हुने समूहको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।
कप्तान सन्दीप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंगल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको थियो।
कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना क्षति ४.२ ओभरमा पूरा गरेको हो।
त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंगल्याण्डले ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।