काठमाडौं– पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरिरहेको छ।
प्रधानमन्त्री निवास नजिकै रास्वपाका नेता-कार्यकर्ता भेला भए आन्दोलन गर्न थालेका हुन्। रविलाई राजनीतिक प्रतिशोध साँध्न सरकारले पक्राउ गरेको उनीहरूको जिकिर छ।
निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै भर्त्सना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।