काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग खेल्दैछ।
खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ।
नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो। सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो।
यसअघि गत महिना क्यानडामा भएको लिग टु सिरिजमा जितविहीन बनेको नेपाल र पहिलो खेलमा स्कटल्याण्डसँग लज्जासपद हारपछि नेपाल र अमेरिका दुवै टोली दबाबमा छन्।
नेपाल क्यानडा र ओमान सम्मिलित लिग टु सिरिजमा नेपाल जितविहीन बनेको थियो। तीन खेलमा पराजित भएको नेपालले एक खेल वर्षाका कारण रद्द हुँदा १ अंक जोडेको थियो।
त्यसअघि घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग टु मा नेपालले जममा १ खेल जितेको थियो। अहिलेसम्म लिग टु मा ८ खेल खेल्दा नेपालले जम्मा १ जित हात पारेको छ र ३ अंक जोडेको छ। अंक तालिकामा नेपाल ८ टिम मध्ये सातौं स्थानमा छ। ९ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।
नेपाल र अमेरिकाबीचको पछिल्लो पाँच ओडिआई खेलमा दुवै टोलीले २-२ खेल जितेका छन्। एक खेल भने बराबरी भएको थियो। पछिल्लो पटक जिम्बाव्वेमा भएको वानडे विश्वकप छनोटको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो।
केही दिनअघि अमेरिका विरुद्धको तीन खेलको टी२० आई सिरिज ३-० ले क्लिन स्वीप गरेको थियो।
लिग टु को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोद्यी घोषणा भइसकेको छ। जसमा टी२० सिरिज गुमाएका सन्दीप लामिछानेले पुनरागमन गरेका छन् । सागर ढकाल र देव खनाल भने रिजर्भमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।