काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रवास सङ्गठन अखिल भारत नेपाली एकता मञ्चले बाढीपहिरो पीडितका लागि रु आठ लाख सहयोग गरेको छ।
मञ्चका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचिव नगेन्द्र ढकाललगायतको प्रतिनिधिमण्डलले आज अध्यक्ष दाहाल निवास खुमलटार पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
अध्यक्ष दाहालले बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले उद्धार, राहत सहयोग तथा पुनःस्थापनाका काममा गरिरहेको र यसमा अखिल भारत नेपाली एकता मञ्चलगायत प्रवासका पार्टी कमिटीको योगदानका लागि धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।