काठमाडौं – लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ ।
आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोबार भईरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।