काठमाडौं– काठमाडौँको चाल्नाखेलमा एकजना महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ ।
लेनदेनको ‘विवाद’ भएपछि एकजना महिलालाई बन्धक बनाएको सूचना आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए।
घटनास्थलमा प्रहरीलाई पठाइएको एसपी आचार्यले बताए । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान थालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।