काठमाडौं – बंगलादेशविरुद्धको तीन म्याचको टी ट्वान्टी सिरिज भारतले क्लिन स्विप गरेको छ।
तेस्रो खेलमा १ सय ३३ रनको जित निकाल्दै घरेलु टोलीले सिरिज ३–० ले जितेको हो।
हैदराबादस्थित राजीव गान्धी अन्तराष्ट्रिय स्टेडियमा सन्जु सामसनले शतक प्रहार गर्दै म्याच अफ दी म्याच घोषित भए। हार्दिक पाण्डेया प्लेयर अफ द सिरिज चुनिए।
टस जितेर भारतीय कप्तान सुर्यकुमार यादवले ब्याटिङको निर्णय लिएका थिए। कप्तानको निर्णयलाई सहि सावित गर्दै भारतीय टिमले ६ विकेट गुमाएर २ सय ९७ रनको कीर्तिमानी स्कोर खडा गर्यो।
भारतीय टिमले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा ठुलो स्कोर यही खेलमा खडा गरेको हो। टेष्ट खेल्ने राष्ट्रले टी ट्वान्टीमा बनाएको यहीनै ठुलो स्कोर हो।
ओपनर सन्जुु सामसनले १ सय ११ रन बनाएको इनिङ्स सुर्यकुमार यादवले ७५ रन बनाए। हार्दिक पाण्डेयाले ४७ रन र रियान परागले ३४ रन बनाए। बंगलादेशका तान्जिम हसन सकिबले सर्वाधिक ३ विकेट लिए।
भारतका रवि बिसोनीले ३ तथा मायान्का यादवले २ विकेट लिएको खेलमा बंगलादेशले ७ विकेट गुएर १ सय ६४ रनमात्र बनाउन सक्यो। तौहीद ह्दयोयले नटआउट ६३ रन बनाएको इनिङ्समा लिटन दासले ४२ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।