• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बक्स अफिस प्रतिस्पर्धामा उत्रिए ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’

64x64
नेपाल लाइभ बिहीबार, असोज २४, २०८१  १४:०१
1140x725

काठमाडौं – दशैंको फूलपातीको दिन पारेर तीन ठूला घरेलु फिल्म ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’को बक्स अफिस प्रतिस्पर्धा सुरु भएको छ।

यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ। तीनवटै फिल्ममा बलियो ‘स्टारकास्ट’छ भने प्रचार सामाग्रीले पनि राम्रो ‘हाइप’ निर्माण गरेका छन्। अब व्यापारमा कुन फिल्मको पल्ला भारी हुन्छ, त्यो मात्र पखाईको विषय हो।

यी तीन फिल्ममध्ये सर्वाधिक सोज भने फ्रेन्चाइज फिल्म भएकाले ‘छक्का पञ्जा ५’ले पाएको छ। यसलाई देशभर लगभग ३ सय सोज मिलेको छ। र, उपलब्ध अधिकांश सोजको उल्लेख्य मात्रामा टिकट बिक्री भएको छ। धेरै सोज त ‘सोल्डआउट’ भइसकेका छन्। बिहीबार बिहानैदेखि ‘डोरसेल’ पनि राम्रो देखिएको छ। यसरी हेर्दा फिल्मले आक्रामक ओपनिङ गर्ने निश्चित प्रायः छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचारको कथामा तयार भएको ‘छक्का पञ्जा ५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। उनको यो चौंथो निर्देशित फिल्म हो। दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, निर्मल शर्मा, राजाराम पौडेल लगायतको अभिनय रहेको फिल्ममा आर्यन सिग्देल केमियो भूमिकामा छन्। यसका अघिल्ला चारवटै श्रृंखला व्यावसायिक रुपमा सफल भएका थिए।

 सोज संख्यामा दोस्रो स्थानमा रहेको विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को पनि अग्रिम बुकिङमा राम्रो क्रेज देखियो। फिल्मलाई प्राप्त धेरै सोजको ८० प्रतिशत टिकट रिलिजको अघिल्लो दिन नै बिक्री भइसकेका थिए। ‘डोरसेल’ पनि राम्रो देखिएकाले फिल्मले सुखद ओपनिङ गर्ने देखिन्छ। विशेषगरी सिंगल थिएटरमा फिल्मले राम्रो कमाई गर्ने प्रक्षेपण गरिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘१२ गाउँ’बाट विराजका छोरा समीरले अभिनेताको रुपमा डेब्यु गरेका छन्। यो फिल्मबाट उनी ‘स्टार’को रुपमा उदाउन सक्ने कतिपयको विश्लेषण छ। तर, त्यसका लागि फिल्मको सफलता अनिवार्य रहनेछ। र, उनले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नुपर्नेछ। विराज स्वयंको पनि मुख्य भूमिका रहेको यो फिल्मबाट अभिनेत्रीमा न्यान्सी खड्का र सनिशा भट्टराईले डेब्यु गरेका छन्। फिल्म एक्सनप्रधान र सामाजिक कथावस्तुमा निर्माण भएको छ।

बसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ भने सोज संख्या र अग्रिम बुकिङ दुवैमा तेस्रो स्थानमा छ। देशभर लगभग एक सय हाराहारी सोज पाएको फिल्मलाई बक्स अफिसमा आफ्नो पकड बनाउन बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ। र, यसमा निर्माण टिम विश्वस्त छ। ‘कसम बत्तीको’ गीतका कारण चर्चामा रहेको फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्।

‘ज्वाइँ साब’को कथावस्तु रोचक देखिएको छ। विवाहपछि बेहुलाको घरमा बेहुली भित्रने चलन रहेकोमा फिल्मले बेहुलीको घरमा बेहुला भित्रिएको कथा उठाएको छ। यसले गर्दा पनि फिल्मप्रति दर्शक आकर्षित हुनसक्ने सम्भावना देखिन्छ। यसमा प्रकाश घिमिरे, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, शिवु पाण्डे लगायतको पनि अभिनय छ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्