काठमाडौं– प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लङ्घन गर्ने,तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ।
एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको हो।
काउन्सिल अध्यक्ष बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरिएको हो।
त्यस्तै साउनयता मात्र आचारसंहिता पालनाको निर्देशन अटेर गर्ने एबीपीक्राइमन्यूज डट कम, टीभि अन्नपूर्ण डटकम र सेतोखरी डटकमलाई कालोसूचीमा राखिएको छ। साउनयतामात्र ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।