काठमाडौं – सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ।
सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ। कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन।
बजार बढ्दा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो। १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो।
अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो। त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो। यी दुईबाहेक सबै सेक्टर बढे।
बैंकिङ १.९०, विकास बैंक १.१०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर १.०५, लगानी १.४६, जीवन बीमा १.११, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.८८, अन्य २.६१ र व्यापार समूह १.४६ प्रतिशत बढे।
थ्रीस्टार हाइड्रोपावरको ९.९, दोल्ती पावरको ९.६, जोशी हाइड्रोको ८.४, पिपुल्स हाइड्रोपावरको ७.५ प्रतिशत मूल्य बढ्यो। इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। त्यस्तै विन नेपाल लघुवित्तको ६.१, जनउत्थान सामुदायिक लघुवित्तको ४, पोखरा फाइनान्सको ३.७ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।