मोरङ – अबिरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका १४ जिल्लामा मात्रै चार अर्ब ६३ करोड ५० लाख बराबरको भौतिक संरचना क्षति भएको छ ।
बाढी तथा पहिरोले क्षति पुर्याएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि चार अर्ब बढी रकम कोशी प्रदेशका १४ जिल्लालाई आवश्यक पर्ने भएको हो ।
भौतिक विकास तथा पूर्वाधार मन्त्री भुपेन्द्र राईका अनुसार हालसम्म प्राप्त भएका आंशिक र पूर्ण क्षति भएका आयोजनाहरु तत्काल मर्मत गर्ने प्रक्रिया बढाईने छ ।
आंशिक क्षतितर्फ मर्मत गर्नका लागि मात्रै एक अर्ब २ करोड ५० लाख लाग्ने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।