काठमाडौं– नेपाली टोलीका विकेटकिपर तथा ओपनर अनिलकुमार साह जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी पोखरा पुगे।
उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो। यस्तै अलराउन्डर विवेक यादव लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र चितवन राइनोजले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी पोखरा पुगे।
उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।
स्पिनर सागर ढकाल पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। क्याटोगरी ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी पोखरा पुगे।
उनको न्यूनतम मुल्य १० लाख रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।