काठमाडौं– नेपाली राष्ट्रिय टीमका स्पिनर ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा उच्चतम मूल्यमा बिक्री भएका छन्।
८ वटै टीमले उनलाई १५ लाखमा खरिद गर्न तयार भएपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले खरिद गर्यो।
ए क्याटेगोरीमा रहेका राजवंशीको बेस प्राइस १० लाख थियो। तर, उनलाई सबै ८ वटै टीमले १५ लाख रुपैयाँ हाल्न तयार भए पनि गोलाप्रथाबाट निर्णय गरिएको थियो। गोलाप्रथामा जाँदा काठमाडौंले भने हात झिकेको थियो।
यस्तै ब्याटर लोकेश बम विराटनगर किङ्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका लोकेशलाई काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगरले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट लोकेश विराटनगर पुगे।
उनको न्युनतम मुल्य १० लाख रुपैयाँ थियो।
नेपाली टोलीका स्पिन बलर सूर्य तामाङ १५ लाख रुपैयाँमा बिक्री भएका छन्।
उनी ग्रेड ए क्याटोगोरीमा थिए। उनलाई किन्न तीन टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट उनी लुम्बिनी लायन्समा पुगेका हुन्।
ब्याट्सम्यान आशुतोष घिरौया १० लाख रुपैयाँमा बिक्री भएका छन्।
उनी ग्रेड बी क्याटोगोरीमा थिए। उनलाई किन्न काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सको टक्कर परेको थियो। अन्तमा गोलाप्रथाबाट उनी लुम्बिनी पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।