• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्थलगत रिर्पोटः बाढीपीडित भन्छन् ‘कुकुरसँग बित्छ रात’

मधु शाही बुधबार, असोज १६, २०८१  १३:३२
1140x725

काठमाडौं– हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन्। रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ। सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन्। कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ।

आफन्तीको छाप्रोमा आश्रय पाउका सिजालीको परिवार चुक्कल बिनाको छाप्रोको भुइँमा रात बिताउन बाध्य छन्। ‘मान्छे र कुकुरमा केही फरक छैन। बाढीले घरबास सबै बगाएपछि अहिले कुकुरसँग रात बित्न थालेको छ। कुकुरलाई धपाउन सकिन्छ, यो वर्षाको समयमा छोराछोरीको स्वास्थ्य, सुरक्षा कसरी गर्ने भन्ने डर लाग्छ’, सिजालीले भनिन्।

शुक्रबार आएको बाढीले ललितपुरस्थित नख्खु खोला किनारमा रहेको छाप्रो बगाएपछि सिजालीको परिवार विस्थापित बनेको छ। सिन्धुली स्थायी घर भएर काठमाडौँमा मजदुरी गर्ने उनको परवारलाई अहिले न घर जाने अवस्था छ, न यहाँ सुरक्षित बस्ने व्यवस्था नै। 

बाढीले सबै बगाएर लगेपछि उहाँहरुको शरीरमा एक सरो लुगा बाहेक आफ्नो भन्ने केही छैन। आफन्तीको छाप्रोमा आश्रय पाउनु अहिलेको समयमा सौभाग्य भएको सिजालीले बताए। 

खोलाले सुरुको दिन आँगन भिजाएको थियो। केही समयमा पानी सुकेपछि बाढी नआउने विश्वासले उनीहरु राति मस्त निद्रामा परे। निदाएका बेला अनाचक आएको बाढीले बस्ती बगाएको सिजालीले बताइन्। “खासै पानी नपर्ला भनेर ढुक्कले सुत्यौँ”, उनले भनिन्, “खोलाले अचानक झुक्याएर आयो। सबै बगाएर लग्यो।”

ललितपुरस्थित फूलबारी मार्ग—२५ मा बस्ने नरबहादुर सिजाले मगरको छ जनाको परवार अलपत्र परेको छ। “कहाँ बस्ने? के खाने?”, उनले प्रश्न गरे, “दिनभरि उज्यालोमा डर लाग्दैन। रातपरेपछि खोलामा फेरी बाढी आयो भने छोराछोरी र श्रीमतीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले सताउँछ। रातभरि निद्रै लाग्दैन।” नख्खुखोला किनारामा छाप्रो बनाएर बस्दै आएका मगरको परिवार दिनभरि मजदुरी गरेर बेलुका हातमुख जोड्ने स्थितिमा समेत छैन। 

नख्खुखोला किनारमा अस्थायी टहरामा बस्दै आएका चतुरराम माझीलाई यतिबेला गाँसभन्दा बासको चिन्ताले सताएको छ। “वडाले खाना खुवाउँछ तर, कहाँ रात बिताउछौं भनेर सोध्दैन”, उनले भने, “फेरि पानी पर्‍यो भने ओत लाग्ने थलो छैन।” माझीसँग शरीरमा एकसरो सर्ट र च्यातिएको पाइन्ट मात्रै छ।

आफन्ती कहाँ आश्रय लिएर रात कटाउँदै आएका माझीले अहिले राहतको नाममा आश्वासनबाहेक केही नपाएको बताए। “सरोकार भएका निकायले आश्वास मात्र नदिएर तत्काल हामी जस्ता पीडितलाई राहतको व्यवस्था गर्नुपर्छ। यही अवस्था रहिरहे हाम्रो स्वास्थ्यमा पनि समस्या आउन थाल्नेतर्फ सचेत हुनपर्ने आवश्यकता छ”, उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

ललितपुरस्थित आदिनाथ मार्ग घर भएका आनन्द दासले खोलाले बगाउने चिन्ता हटे पनि घरमा भएका सामान चोरी हुने चिन्ताले सताउन थालेको बताए। बाढीले घर डुबानमा परेपछि आमासँगै उनलाई हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको थियो। आफूहरु सरक्षित भए पनि घरमा रहेका सामान असुरक्षित भएका भन्दै उनले ग्यासको सिलिन्डर चोरी भएको जानकारी पाएको बताए। 

“बाढीको हिलो र माटो पसेर ढोका बन्द गर्न मिल्दैन। हिलोले सबै डुबेको छ। राति ग्यास चोरी भएछ”, दासले भने। बाढीले थलिएको बस्तीका सर्वसाधारण सबै त्रासमा रहेका बताउँदै उनले सरोकार भएका निकायले तत्काल पीडितलाई उचित बासको व्यवस्था गर्नुपर्नेमा जोड दिए। 

रामेछाप घर भएकी सरस्वती बस्नेत बुधबार डोजरले खन्दै गरेको बस्तीका सामान कोट्याउँदै थिइन्। घर र सात वटा गाईसहितको गोठ बगर बनेपछि उनको पेट पाल्ने आधार खोसिएको छ। “डोजरले खनिरहँदा केही सामान भेटिन्छ कि भनेर दिनभरी कुरेर बसेँ, केही हाता लागेन”, उनले भनिन्, “सातमध्ये तारवटा गाई मृत भेटिएका छन्।” सरस्वतीको परिवारले दुई वर्ष अघि गाईपालन व्यवसाय सुरु गरेको थियो। रु १४ लाख ऋण लिएर गाईपालन थाल्लेको भन्दै उहाँले लगानीसमेत उठ्न नपाउँदै गाई बगरमा मिसिएका बताइन्। 

“बिमा गरेको १३ दिन मात्र भएको थियो। स्वदेशमा आयआर्जन गरेर जीविकोपार्जन गर्ने योजना बनाएर गाईपालन सुरु गरेका थियौँ। सबै सपना र रु १४ लाखको लगानी बेला बाढीले बगाएको छ”, सरस्वतीले भनिन्। अब ऋण तिर्नका लागि मुग्लान पस्नुपर्ने उनले बताइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

“दुई चार रुपैँया कमाएर स्वदेशमा बस्ने रहर पलाएको थियो”, उनले भनिन्, “अब केही रहेन। ऋण तिर्न विदेशीनु बाहेक अरु विकल्प पनि छैन।” नख्खुखोला किनार घर भएकी निर्मला धामी बगरमा दराज खोज्दै थिइन्। पाँच तोला सुनका गहनासहित दराज खोलाले बगाएको भन्दै भेटिन्छ कि भन्ने आशले खोजी गरेको धामीले बताइन्।

जीवनभरको कमाइ माटोमा विलिन भएको भन्दै अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लाग्न थालेको उनले गुनासो पोखिन्। “बाढीबाट बाँचियो, अब के खाएर जीवन निर्वाह गर्ने?”, उनले प्रश्न गरिन्, “दसैँको मुखमा सुकुम्बासी हुनुपर्‍यो।” रासस

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण
हुम्लामा चार करोड खसीको व्यापार
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्