काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न यसअघि तिन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो।
विभिन्न सञ्चार माध्यममा चरित्र हत्या गर्नेगरी बोलेको आरोपमा उनीविरुद्ध जाहेरी दर्ता भएको छ।
प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाले पनि आफ्नो चरित् रहत्या गरेको भन्दै जाहेरी दिएकी छिन् । अर्का एक जना पुरुषले पनि उनीविरुद्ध जाहेरी दिएको साइबर ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।