काठमाडौं – आईसीसी विश्वकप कप लिग टू मा नेपालले आज आईतबार क्यानडासँग खेल्दैछ ।
घरेलु टोलीसँग भ्रमणको पहिलो खेल गुमाएको नेपाल दोस्रो खेलमा उत्रन लागेको हो । खेल राति पौने ९ बजे सुरु हुनेछ ।
लिग टू खेल्न क्यानडा भ्रमणमा रहेको नेपाल पहिलो खेल घरेलु टोलीसँग र दोस्रो खेलमा ओमानसँग पराजित बनेको थियो ।
दोस्रो खेलमा नेपालले खराब लयबाट गुज्रिरहेका दुई ब्याट्सम्यानलाई बेन्चमा राख्दा जित निकाल्न सकेन । लिग टूमा नेपाल लयमा फर्कनै सकेको छैन ।
जित सहित लिग टूको यात्रा प्रारम्भ गरेको नेपालले पछिल्ला लगातार चार म्याच गुमाएको छ ।
प्रतियोगितामा फर्कन नेपाललाई जितको विकल्प छैन तर नेपालले कमब्याक गर्न सकेको छैन । लगातारको हारले नेपालमाथि थप दबाब बढाएको छ ।
पछिल्लो खेलमा ओमानसँग १ विकेट र पहिलो खेलमा क्यानडासँग नेपाल १ सय ३ रनले पराजित बनेको थियो । नेपालको ब्याटिङ लाईन चल्न सकेको छैन ।
जसले खेलाडी र प्रशिक्षकमाथि जितको दबाब बढ्न थालेको छ । सिरिजमा फर्कन नेपाललाई जितको विकल्प देखिदैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।