काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन्।
प्रधानमन्त्री ओली आज न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भाग लिन अमेरिका प्रस्थान गरेका हुन्।
राष्ट्रपति कार्यालयले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।