काठमाडौं– नेकपा एमालेले वार्षिक कार्ययोजना पास गरेको छ। शुक्रबार बसेको एमाले सचिवालय बैठकले उक्त कार्ययोजना पास गरेको हो।
कार्ययोजनाअनुसार जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ। महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ ।
पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने पनि कार्ययोजनामा उल्लेख छ।
२०८४ को चुनावमा बहुमतसहित राष्ट्रिय शक्ति बन्ने लक्ष्य दिएको एमालेले ४० वर्ष मुनिका युवाहरुकको युथ समिट गर्ने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।