काठमाडौं- स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लोहनीले राजीनामा बुझाएका हुन्।
स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा पत्र बुझाएको स्वास्थ्य मन्त्रालय श्रोतले जनाएको छ।
उनी गत मंसिर १३ गते अध्यक्षमा नियुक्त भएका थिए। स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा लोहनीले बीमामा सुधार गर्न नसके राजीनामा दिन्छु भनेर यसअघि नै घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।