काठमाडौं– आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिएका छन्।
नेपाली महिला सिनियर टिममा खेलिसकेका पूजा महतो र सोनी पाख्रिनसहित २९ जनाको नाम आज क्रिकेट संघले सार्वजनिक गरेको हो।
टिममा सोनी पाख्रिन, ऐली यादव, किरणकमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपशा शाही, साना प्रविण, प्रतिमा शाह छन्।
त्यस्तै, स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल पनि छनोट गरेको छ।
अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पूजा महतो, कुशम गोदार, सीमाना जीसी, ज्योत्सिका मर्सानी, निरु जीटी, सेरिना थापा, रचना चौधरी, आश्मा पुलामी मगर पनि पहिलो चरणको टिमा परेका छन्।
चितवनमा भएको मायादेवी कप र कोहलपुरमा भएको मेयर कपमा उनीहरुको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको पनि क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।