काठमाडौं– नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताए।
यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताए। यो विषयमा छलफल गर्नको लागि चाँडै संसदीय दलको बैठक बस्ने बताए।
उनले भने, ‘कांग्रेसको बैठकअघि सत्तारुढ दलहरुसँग छलफल गरेर साझा धारणा बनाएर अघि बढ्छौं। यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ। उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन। त्यसले संसदलाई नै अपमानित गरेको छ। यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।