काठमाडौं– विश्वकप लिग २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टोलीको तीन अभ्यास खेलमध्ये अन्तिम खेल आज सुरु भएको छ।
टस जित्दै श्रीलंकाको डेभलपमेन्ट स्क्वाडले नेपाललाई ब्याटिङको निम्तो दिएको छ। अनौपचारिक अभ्यास खेलमा नेपाली टोली सोमपाल कामीको कप्तानीमा ब्याटिङमा उत्रिएको छ।
तीन एक दिवसीय खेलका लागि त्यहाँ रहे पनि यसअघिका दुई खेल पानी परेका कारण रद्द भएका थिए। नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल केही समयअघि मात्र सुरु भएको छ।
नेपाली टोलीमा सोमपाल कामी (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, करण केसी, सन्दीप जोरा, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल र गुलशन झा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।