काठमाडौं– सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको समयावधि थप गरिएको छ। 
मंगलबार प्रतिनिधि सभामा राखिएको समयावधि थप सम्बन्धी प्रस्ताव बहुमतले पारित गर्दै १५ दिन थप भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। 
प्रतिनिधि सभाको बैठकमा सहकारी सम्बन्धमा संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले समयावधि थप सम्बन्धि प्रस्ताव पेश गरेका थिए।
१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै थियो ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।