काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेकोमा टिमहरूको नाम घोषणा गरेको छ।
आठ टिमबीच पहिलो संस्करणको एनपिएलमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो।
आठ टोलीमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन्।
लिग आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।