काठमाडौं- नेपाल र बंगलादेशबीच जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा बंगालदेशले नेपाल विरुद्ध दोस्रो गोल गरेको छ। पहिलो हाफको अन्तिम मिनेटमा एक गोल गरेको बंगलादेशले ५५औं मिनेटमा दोस्रो गोल गरेको हो।
पहिलो हाफको अन्तिम समयमा बंगलादेशले फ्रि किकमार्फत् गोल गर्दै १–०को अग्रता बनाएको हो। डिबक्स एरियाको बाहिर पाएको फाउलमा बंगलादेशका मिराजुल इस्लामले फ्रि किकमार्फत गोल गरे।
एन्फा कम्प्लेक्समा जारी खेलमा धेरै प्रयासहरु गरे पनि पहिलो हाफमा नेपालले गोल गर्न सकेन।
यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो। सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।