काठमाडौं– बंगलादेशी क्रिकेटका पूर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटबाट तत्कालबाट प्रतिबन्ध लगाउन बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) लाई आइतबार कानुनी नोटिस पठाइएको छ। रफिकुल इस्लामका वकिलले बोर्डसामु यो माग राखेका हुन्।
इस्लाम गार्मेन्ट कारखानाका मजदुर रुबेलका बुबा हुन् र उनले आफ्नो छोराको हत्यामा अल हसनको हात रहेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री सेख हसिनाविरुद्ध चलेको आन्दोलनका त्रममा रुबेलको हत्या भएको थियो।
त्यस आरोपमा १ सय ४७ जनाविरुद्ध मुद्धा दायर गरिएको छ र त्यसमा एक जना हसन पनि रहेका छन्। उनी अहिले पाकिस्तान भ्रमणमा रहेको बंगलादेशी टिममा रहेका छन्।
उनले रावलपिन्डीमा भएको टेस्टमा बंगलादेशलाई दश विकेटले विजयी दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। अल हसन हसिनाको अवामी लिगसँग पनि आबद्ध थिए र सांसद पनि रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।