नवलपरासी-पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान पौने ५ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ ५ बजे सडक भासिएर एकतर्फी सञ्चाल भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहान ८ः३० बजेदेखि पूर्णरुपमा यातायात अवरुद्ध भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।