सुनसरी- नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला इनरुवा नगर कमिटीको अध्यक्षमा सरोज बस्नेत निर्वाचित भएका छन्।
नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी अध्यक्ष कुष्ण बस्नेत (पर्शुराम) को प्रमुख आतिथ्यमा भएको दोस्रो महाधिवेशनमा बस्नेतसहित २० जनाको कमिटी निर्वाचित भएको हो। जसको उपाध्यक्षमा रिवाज निरौला, महिला उपाध्यक्षमा इन्दु भट्टराई र सचिवमा कमल उपाध्याय निर्वाचित भएका हुन्।
यस्तै, उपसचिवमा शर्मिला निरौला र नवीन चौधरी रहेका छन्। कोषाध्यक्षमा सावित्रा घिमिरेसहित १३ जना सदस्य निर्वाचित भएका छन्।
‘खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने मूलनारासहित सुरु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज जगदीश प्रसाद कुसित, एमाले केन्द्रीय अनुशासन आयोग सदस्य पोस्टकुमार नेपाल, सुनसरी जिल्ला कार्यभाग अध्यक्ष पर्शुराम यादव, सुनसरी जिल्ला पूर्वअध्यक्ष खेमराज पोखरेल, नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सचिव बिप्लव घोष, महासंघ केन्द्रीय स्थायी कमिटी सदस्य रोहित कोइराला लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।