काठमाडौँ– बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि स्वदेश फर्किने भएकी छन् ।
बीबीसीका अनुसार शेख हसिनाका छोरा सजिब वाजेद जोयले यो कुरा सार्वजनिक गरेका हुन्।
गत सोमबार देश छोडेर भारत शरणमा पुगेकी हसिना सत्तामा हुँदा ३०० विद्यार्थीहरुको मृत्यु हुनेगरी आन्दोलन भएको थियो। हसिना देश छोडेर भारत पुगेपछि पनि २०० बढीको ज्यान गइरहेको छ।
खासगरि हिन्दू अल्पसंख्यकहरुमा आक्रमण, अपहरण, हत्या तथा आगजनी तथा लुटपाटका घटनाहरु बढेका छन्। सन १९७१ मा बंगलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो संकट यहि भएको बताइएको छ।
हसिनाका छोरा सजिब सूचना प्रविधिका विज्ञ हुन्। हाल उनी अमेरिकामा बसोबास गरिरहेका छन्। केहिदिन अगाडि उनले आफ्नै सल्लाहमा आमा हसिनाले देश छोडेको बताएका थिए। हसिनाको हत्या नै हुने भएकोले आफूले आमाले नमान्दा नमान्दै देश छोड्न आग्रह गरेको उनले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।