एजेन्सी-बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताएका छन् ।
'हामी बिहीबार सपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ,हामी करिब आठ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ', उहाँले टेलिभिजन ब्रिफिङमा भने ।मोहम्मद युनुसले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्नुहुने सेना प्रमुखले बताए।
नवनियुक्त प्रहरी प्रमुखद्वारा माफी
यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधबार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचरणका लागि माफी मागेका छन् । साथै उनले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने वाचा गर्नुभएको छ ।
“हामी विद्यार्थी, सर्वसाधारण र प्रहरीको हालैका हरेक हत्याको निष्पक्ष छानबिन गर्न प्रतिबद्ध छौँ”, प्रहरी महानिरीक्षक मोहम्मद मैनुल इस्लामले पत्रकारहरूसँग भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।