काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक गेष्टहाउसमा पुरुष र महिला मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेका हुन्।
साउन १५ मा उनीहरू सो गेस्ट हाउसमा गएका थिए। शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन्।
करिष्माको घाँटीमा चोट देखिएको छ। भरत पङ्खामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन्। भरतले हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।