काठमाडौं– फेदीखोला हाईड्रो पावर कम्पनी प्रालि र राष्ट्रिय बाणिज्य बैंकका विचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मेघावाटमा ऋण लगानीगर्ने सम्झौता २०८१ श्रावण १७ गते सम्पन्न भएको छ।
सम्झौतामा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वाडा नम्बर६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मेघावाटमा ५० करोड राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ।
कूल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ। कम्पनीका अनुसार यहि श्रावण महनिाको अन्त्यसम्ममा कम्पनीलाई प्रा।लि। बाट लिमिटेडमा परिवर्तन गरि स्वपँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यहि आर्थिक वर्षभित्रमा गरिने लक्ष रहेको छ।
२०८२ असोज भित्र सम्पन्नहुने यस आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।