ललितपुर– ललितपुर महानगर प्रहरी बलले बिहीबार बिहान नक्सा पास नभएका घर-टहरामा डोजर चलाएको छ।
सातदोबाटोस्थित चक्रपथसँगैका नक्सा पास नभएका तीनवटा टहरामा डोजर चलाएर महानगरपालिकाको टोलीले भत्काएको हो।
मापदण्डविपरित सडकको जग्गा मिचेर बनाइएका टहरामा डोजर र नगर प्रहरी परिचालन गरेर भत्काइएको महानगरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।