काठमाडौं-पेरिस ओलम्पिक-२०२४ को पदक तालिकामा अस्ट्रेलियाले अग्रता कायम गरेको छ ।
अस्ट्रेलियाले हालसम्म ३ स्वर्ण र २ रजतसहित कुल ५ पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीन २ स्वर्ण र १ कास्य पदकसहित दोस्रो स्थानमा छ ।
अमेरिका १ स्वर्ण २ रजत र २ कास्यसहित तेस्रो स्थानमा छ । १ स्वर्णसहित कुल ५ पदक जितेको आयोजक चौथो स्थानमा छ । हालसम्म १० देशले स्वर्ण जितिसकेका छन् भने २० देशले पदकको खाता खोलेका छन् ।
अस्ट्रेलियाकी ग्रेस ब्राउनले महिला टाइम ट्रेल ट्र्याक साइकलमा स्वर्ण जितेकी हुन् । यस्तै एरियार्न टिटमसले महिला ४ सय मिटर फ्रिस्टाइल पौडीमा स्वर्ण जितेकी हुन् । महिला ४ बाई १ सय मिटर फ्रिस्टाइल रिलेमा पनि टिम अस्ट्रेलियाले स्वर्ण जितेको छ ।
चीनले महिलाको सिङ्क्रोनाइज्ड ३ मिटर स्प्रिङबोर्ड र १० मिटर एयर राइफल मिक्स टिम सुटिङमा स्वर्ण जितेको हो । अमेरिकालाई पुरुष ४ बाई १ सय मिटर फ्रिस्टाइल रिले टोलीले स्वर्ण पदक दिलायो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।