काठमाडौँ-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । एक साताअघि नै ल्याउने तयारी रहे पनि सरकारको हस्तक्षेपले जारी हुन सकेको थिएन ।
आज बिहान सञ्चालक समितिको बैठक बसेपछि वेबसाइटमार्फत् सार्वजनिक गरिने र त्यसपछि मात्र पत्रकार सम्मेलन गरिने जनाइएको छ।
सरकारले बजेटमार्फत् तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक कर्जा विस्तार हुने मौद्रिक नीति ल्याइने जनाइएको छ । निजी क्षेत्रले पनि खुकुलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गर्दै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।