एजेन्सी– पाकिस्तान क्रिकेट बोर्डले क्रिकेटर बाबर आजम, शाहिन अफ्रिदी र मोहम्मद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी–२० खेल्न अनुमति दिन अस्वीकार गरेको छ।
तीन खेलाडी र चयन समितिसँग परामर्शपछि बोर्डले नोऑब्जेक्शन सर्टिफिकेट (एनओसीं) अस्वीकार गरेको हो।
पीसीबीले गत हप्ता हन्ड्रेड खेल्न नसिम शाहको एनओसी पनि अस्वीकार गरेको थियो। बाबर र रिजवान भ्यानकुभर नाइट्स र शाहिन टोरोन्टो नेशनल्समा आवद्ध भएका थिए। उक्त लिगमा नेपालका ३ खेलाडी पनि अनुबन्ध भएका छन्।
दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित पौडेल टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन्। प्रतियोगिता जुलाई २५ देखि अगस्ट २१ सम्म टी–२० हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।