काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो।
तीन शीर्ष नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ।
छलफलमा माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी छन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेर केपी ओली प्रधानमन्त्री बनेपछि रास्वपा र एकीकृत समाजवादी सत्ताबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।