काठमाडौँ- महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएई विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। श्रीलंकाको डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सवा २ बजे हुने खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो।
दोस्रो खेल भने भारत र पाकिस्तानबीच आज साँझ सवा ७ बजे सुरु हुनेछ ।
नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल जुलाई २१ मा पाकिस्तानसँग खेल्नेछ। नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ।
साउन ४ देखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ। दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन्। चौथो टोलीको रुपमा यूएई छ।
प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।