काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नयाँ सरकारमा दोस्रो वरीयतामा रहेका छन्।
कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहलाई पार्टीबाट नेतृत्व गरेर सरकारमा पठाइएको छ। सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली पछिको वरीयतामा सिंहले प्राप्त गरेका छन्। दुई जना उपप्रधान रहेको नयाँ सरकारमा एमालेका विष्णु पौडेल उप्रधान मन्त्री बनेका छन्। मन्त्रिपरिषदमा उनको तेस्रो वरीयतामा छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली सहित २१ जना मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन्। नयाँ सरकारमा कांग्रेसबाट ९ जना मन्त्री बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।